नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

भानु नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण एवं सुनुवाई कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २४ गते, शुक्रबार १७:२६

मदन तिमल्सेना
तनहुँ २४ श्रावण – साहित्य, पर्यटन र कृषि छेत्र हाम्रो, पारौ समृद्ध र समुन्नत भानु राम्रो’ ऊद्घघोषका साथ तनहुको भानु नगरपालिकाको आर्थिक बर्ष २०७६|७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण एवं सुनुवाई कार्यक्रम विहीबार सम्पन्न भयो । प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले उक्त कार्यक्रमको पानसमा बत्ति बालेर उद्घघाटन गरे । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जनताको करबाट विकास गर्नुपर्ने अवस्था रहेको बताउदै ईतिहाँसमा तनहुँमा यस बर्ष सबैभन्दा बढि बजेट परेको बताएका थिए । उनले आवश्यकता अनुसार बजेट हालिएको पनि जनाए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु रामबहादुर गुरुंग, दोबाटे बि क, सरिता गुरुंग जिल्ला समन्वय समिति तनहुका प्रमुख शान्ति रमण वाग्ले, नेकपाका लेखा समिति सदस्य बिध्या ढकाल , नेपाली कांग्रेस महासमिति सदस्य रघुनाथ पौडेल, नेकपाकी नेत्री भगवती न्याैपाने लगायत बिभिन्न महानुभावहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका सभापति भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले बजेटमाथि सुनुवाईका क्रममा उठेका प्रश्नहरूको जवाफ दिदै सबै मिलेर नगरपालिका बनाउन लाग्नुपर्ने बताए ।

कार्यक्रममा भानु नगरपालिका कि उपप्रमुख आशा थापाले ७८ करोड ७४ लाख ८५ हजार को बजेट सार्वजनिक गरेकी थिईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु