भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

रोटरी क्लब अफ कपनको चौथो इन्स्टलेशन कार्यक्रम सम्पन्न, कुन्ती मोक्तान र ब्याकुल माइलालाई मानार्थ सदस्यता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २४ गते, शुक्रबार २१:५२

काठमाडौं, २४ श्रावण – रोटरी क्लब अफ कपनको चौथो इन्स्टलेशन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ कपनका अध्यक्ष राजु कुन्दन लामाको सभापतित्वमा
शुक्रवार राजधानीमा आयोजित उक्त कार्यक्रमको उद्घघाटन कार्यक्रमका प्रमुख अतिथी डि जि 3292 नेपाल भुटानका गभर्नर किरण लाल श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी गभर्नर श्रेष्ठले रोटरी क्लब इन्टरनेशनलले पोलियो उन्मुलनमा पुर्याएको योगदानको स्मरण गर्दै सन २०३० सम्म विश्वभरका मानिसलाई स्वच्छ पानीको सुनिस्चित गर्न लागि परेको जानकारी गराएका थिए । श्रेष्ठले रोटरी नै विश्वको उत्कृष्ट सामाजिक संस्था रहेको पनि दाबी पेश गरे । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै क्लबका अध्यक्ष राजु कुन्दन लामाले रोटरी इन्टरनेशलले मानवताका लागि उत्कृष्ट काम गर्दै आइरहेको बताउदै आफुले शान्ति, सद्भभाव र मानवताका लागि अविचलित रुपमा काम गर्ने बताए । क्लबका इमिडियट पास्ट प्रेसिडेन्ट मनोज कुमार घिमिरेले रोटरी क्लब अफ कपनले आगामी दिनमा अझ सफलता हासिल गर्नेमा आफु आशावादी रहेको धारणा राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा क्लबका ईलेक्टेड अध्यक्ष शिवहरि खनालले रोटरीको महत्वका बिषयमा प्रकाश पारेका थियो ।
सोही कार्यक्रम माझ वरिस्ठ गायिका कुन्ती मोक्तान र राष्ट्रिय गीतका रचयिता ब्याकुल माइलालाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
क्लबका सचिव प्रल्हाद दाहालले संचालन गरेको उक्त कार्यक्रम माझ बालबालिकाहरुले बिभिन्न नूत्य प्रस्तुती प्रदर्शन गरेका थिए ।
कार्यक्रममा वरिस्ठ संगितकार शिला बहादुर मोक्तान, रोटरी क्लब ३२९२ नेपाल भुटानका इमिडीयट पास्ट प्रेसिडेन्ट चिन्तामणि भट्टराई, भरत गिरीसुमन जङ शाही ठकुरी लगायतको ऊपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु