• भदौ ८ गतेबाट सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०७:४९

    काठमाडौं –सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ । कम्पनीले १० कित्ता शेयर बरावर नयाँ ७ कित्ता शेयर विक्री गर्न लागेको हो । कम्पनीले १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद विक्री गर्दैछ । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु