• लक्ष्मी लघुवित्त युके एड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार ०८:००

    काठमाडौं –लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिडेटले डिजिटल च्यानल मार्फत वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले शुक्रबार युके एड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको छ । सम्झौता पत्रमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका थिए ।
    लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि मैत्री बनाउने उद्देश्यले नयाँ केन्द्रीकृत सफ्टवेयर खरिद गर्नका लागि सम्झौता भएको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण भेगका पिछडिएका वर्गहरुलाई सुरक्षित तवरले छिटो, छरितो लघुवित्त सेवा प्रदान गर्न नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेल्नेबारे प्रकाश पारेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु