• गैरआवासीय नेपाली संघ कतारको आगामी कार्यकालका लागि अध्यक्षमा मुक्तदाको पक्षमा माहोल, जीत सुनिश्चित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७६, आईतवार १२:४३

    काठमाडौं –गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको नयाँ नेतृत्वका चर्चा शुरु भएको छ । एनआरएनए कतारको आठौं राष्ट्रिय महाधिवेशन आउँदो २३ अगष्ट मा हुँदैछ । यसै सन्र्दभमा आगामी कार्यकालको नेतृत्व कसको हातमा जाला भन्ने अनुमानहरु शुरु हुनथालेका छन् । यस्तोमा आगामी कार्यकालको लागि एनआरएनए कतारको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका मुक्तदा मुसलमानको पक्षमा माहोल देखिएको छ । कतारमा लामो समयदेखि ब्यबसायसंगै सामाजिक सेवामा सक्रिय रहेका मुसलमानले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै अहिले उनको समर्थनमा विभिन्न पक्ष र क्षेत्रका अग्रजसमेत खुलेर समर्थनमा उत्रिएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको आधिकारीक उम्मेदवारका रुपमा रहेका मुक्तदालाई समादवादी पार्टी, राजपा, जनजाति महासंघ कतारलगायतका धेरै संघसंस्थाहरुको समर्थन रहेको छ । उनको जीत सुनिश्चित नै भएको कतारका संघसंस्था र एनआरएनएका अग्रजहरु बताउँछन् । मुसलमान एनआरएनए एनसीसी कतारको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् । कतारमा व्यवसाय गरिरहेका मुक्तदा अघिल्लो कार्यसमितिमा पनि अध्यक्षका उम्मेदवार थिए । उनी यस पटक अघिल्लो पटकको हारलाई बदलेर एक पटक एनआरएनए एनसीसी कतारको नेतृत्व सम्हाल्न चाहन्छन् । उनले भने –‘सामाजिक काम गर्नका लागि हरेक कुरा दिन सक्नुपर्छ, त्यसका लागि म तयार भएर आएको छु र सबैको समर्थन पाउनेमा पनि विश्वस्त छु ।’

    मुक्तदाको उम्मेदवारी घोषणा कार्यक्रम पनि ऐतिहासिक बनेको थियो । घोषणा कार्यकmत्रममा गैरआवासीय नेपाली संघका पुर्व उपाध्यक्ष एव मानार्थ सदस्य टिबि कार्की, गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कमलमणि गुरागाइ, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेल, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनीकुमार वली, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका सहमहामन्त्री केदार भुसाललगायतले मुक्तदालाई जीतको शुभकामना दिइसकेका छन् ।

    यस्तै नेपाली समाज कतारको अध्यक्ष देव परियार, प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष रामहरि गैह्रे, प्रवासी नेपाली मञ्चका पुर्वअध्यक्ष दिल किरण खजुम, अन्तर्रा्ष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर अहुब हक, नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका उपाध्यक्ष अमिना खान, प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, प्रदेश नम्बर ३ समन्वय परिषद कतारका महासचिव कविन्द्र कंडेल लगायतले शभकामना मन्तव्य राख्दै निरन्तर समाज र एनआरएन अभियानमा सक्रिय मुक्तदा अध्यक्ष पदको सहि उम्मेदवार रहेको भन्दै बिजयी गराउन आग्रह गरिसकेका छन् ।
    मुक्तदाको नेतृत्वमा रहेको टीममा आइसिसी सदस्यमा युवराज शर्मा, रमेश भट्ट, होमनाथ शर्मा, कृष्णबहादुर हमाल रहेका छन् । यस्तै प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्धित्तिय उपाध्यक्षमा टंक कुमार खड्का, महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल, महासचिवमा पदम गिरी, सचिबमा अफसर खान, सचिब नेत्र भुजेल (नियम), कोषाध्यक्षमा बिनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा तनबिर आलम, युवा संयोजकमा रबिन मगर , महिला संयोजकमा नानु घले उम्मेदवार रहेका छन् ।

    यसैगरी सदस्यको उम्मेदवारहरुमा नरेश श्रेष्ठ, घनश्याम जैसी, संजय रजत, बालकृष्ण न्यौपाने, सुनिल बहादुर घिमिरे, केशब कार्की, ज्वाला शाही, केशब खनाल, प्रकाश परियार, झबिन्द्र आचार्य, ओम बहादुर क्षेत्री (सन्तोष), शेख अब्दुल खालिक, गोपाल खतिवडा, अनमुल्ला शेख, शेख अब्दुल रजिक, अष्देश कुमार मंडल रहेका छन् । यस्तै लेखा संयोजकमा मुक्तार आलम, लेखा सदस्यमा कबिन्द्र कँडेल र लेखा सदस्य पुरुषोत्तम लामिछाने उम्मेदवार रहेका छन् ।

    अध्यक्षका दाबेदार मुसलमान आफ्नो पक्षमा बहुमत सदस्य रहेको दावी गर्दै यसपटक नेतृत्वको जिम्मेवारी आफैले पाउनेमा विश्वस्त रहेको बताउँछन । नेकपा पार्टीमा बलीयो पहुँच बनाउदै एनआरएनए अभियानमा अनुभव समेत बटुलेका मुसलमानले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र केही कामको सूची रहेको बताउँछन् । कतारमा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउने उनको प्राथमिक एजेन्डा घोषणा पत्रमा रहेको छ । उनले वर्तमान कार्यसमितिले सुरुवात गरेका राम्रा कामहरूको निरन्तरतामा पनि आफ्नो प्राथमिकतामा रहने बताउँदै प्रवासमा भावनात्मक तथा एकताको मार्गमा सँगै अगाडि बढ्नु पर्छ भन्ने चाहना राख्दै सबै तह र तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउँछन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु