साउन २७ काठमाडौ ।वातावरण बचाउन पृथ्वी जोगाउँ भन्ने आग्रह सहित वातावरण संरक्षण र आयआर्जनमा समेत सहयोग पुग्ने हेतुले फलफुल का रूख बिरुवा वितरण गरिएको छ।नेपाली काङ्ग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर ४ समितिको आयोजनामा एक घर एक बिरूवा रोपण कार्यक्रम सुरू गरि वडालाई हरियाली बनाउन अभियानको सुरूवात गरिएको छ ।एक घर ए बिरुवा’भन्दै बिरूवा रोप्न उत्साही बनाउने उदेश्य राखि बिरूवा बितरण तथा चियापान को कार्यक्रम आयोजना गरिएको इकाई सभापति राम प्रसाद न्याैपाने जानकारी दिनु भयो । नेपाली काङ्ग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महत को प्रमुख अतिथि मा भएको चियापान तथा निशुलक रूख बिरूवा बितरण मा सुन्तला ,मुन्तला,कागती,अम्बा,काइयो लगाएको ३५० वटा बिरूवा वडा बासिन्दालाई लाई बितरण गरियो ।