स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

नेपाली कांग्रेसले तिन वटा प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २७, सोमबार १५:२०

काठमाडौं, २७ श्रावण – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही साउन ३१ देखि भदौ ६ सम्म पहिलो चरणमा ३ (तीन) प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ नंं स्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण संचालन गर्न लागेको हो ।

प्रशिक्षणकालागि नेपाली कांग्रेसको सांगठनीक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवाद जस्ता विषयहरु राखिएका छन् । प्रशिक्षणको मूल लक्ष्य नेपाली कांग्रेसका सदस्यहरुलाई जनतासंग कसरी आत्मीय संपर्क राख्ने भन्ने रहेको बताईएको छ । नेपाली कांग्रेसका सभापति श्री शेरवहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको सहभागिता रहने जनाईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु