• राष्ट्रपति भण्डारी समक्ष रसिया, लक्जेम्वर्ग, लुथिआनिया र कुवेतका राजदुतद्वारा ओहदाको प्रमाणपत्र पेश

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १७:४२

    काठमाडौं, २७ श्रावण – चार देशका राजदुतहरुले राष्ट्रपति बिद्या देवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रम माझ उनीहरुले ओहदाको प्रमाणपत्र पेश गरेका हुन । प्रमाण पत्र पेश गर्ने राजदुतहरुमा नेपालका लागि – रसियाका राजदुत अलेक्सेई ए नोभीकोभ, लक्जेम्वर्गका जिन क्लाउड कुङेनर, गणतन्त्र लुथिआनियाका जुलियस प्रानीभिसियस र कुवेतका जसिम इब्राहिम जे एम अल्नाजेम रहेका छ्न् । कार्यक्रममा पररास्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको ऊपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु