• उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १८:३८

    काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।प्रधानमन्त्री ओली सोमबार सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमास्थलमा सधै पत्रकारहरुसँग कुराकानी गर्ने गरेको भए पनि यस पटक प्रधानमन्त्रीले कुनै प्रतिक्रिया दिएनन् ।

    प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, नेकपा नेता सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

    प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका थिए ।
    प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।
    प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु