• गैरआवासीय नेपाली संघ मलेसियाले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई आर्थिक सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार ०७:५५

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डमा बाँच्न सफल बालिका सीता खुजुमलाई आर्थिक सहयोग प्रदान गरेको छ । एकै परिवारका ९ जनाको हत्या हुँदा सीताले भागेर ज्यान जोगाएकी थिइन् । एनआरएन मलेसियाले ‘एक एनआरएन एक परोपकारी योजना’ अन्तर्गत रु एक लाख रुपैया आर्थिक सहयोग सोमबार काठमाडौंमा सीताकी आमा बुद्धमाया खुजुमलाई प्रदान गरेको हो । एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सल्लाहकार योगेन्द्र कुँवर, सदस्य रामचन्द्र नेपालले संयुक्तरुपमा उक्त रकम सीताकी आमालाई हस्तान्तरण गरेका हुन् ।

    आर्थिक सहयोग बुझ्दै आमा बुद्धमायाले परिवारको हत्यारा पत्ता लगाउन सरकारलाई आग्रह गर्दै सुनसरीमा बस्दै आएकी छोरीको शिक्षादिक्षाका लागि पैसा खर्च गर्ने बताइन् । उनले भावुक हुँदै भनिन्–‘घटना सम्झन सक्दिन, हत्यारालाई जसरी भए पनि कारवाही होस् ।

    एनआरएन मलेसियाले नेपालकै दर्दनाक हत्याकाण्डबाट ज्यान बचाउन सफल बालिकालाई केही राहत मिलोस् भनेर सहयोग गरिएको अध्यक्ष न्यौपानेले बताए । एनआरएन मलेसियाका सल्लाहकार कुँवरले सहयोग रकम सानो भएता पनि छोरीका निम्ति नै खर्च गर्न आमालाई आग्रह गरे । विदेशमा बस्ने नेपाली तथा विभिन्न संघसंस्थाले स्वदेशमा रहेका पीडितहरुका घाउमा मल्हम लगाउने काम गरिरहेका हुन्छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु