• मलेसियामा अबैधानिक रुपमा रहनु भएका ४६ जना नेपाली श्रमिक हरुलाई जनउद्धार केन्द्र सहयोगमा एकतर्फी यात्रा अनुमतिपत्र

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १४:४१

    क्वालालम्पुर / मलेसियामा विभिन्न समयमा विभिन्न परिस्थिती बस कागजात बिहिन भै अवैधानिक रूपमा पेनाङ्ग राज्यमा रहनु भएका नेपाली हरुलाई नेपाली दूतावास मलेसिया ले ११/०८/ २०१९ आइतबार का दिन कन्सुलर सेवा प्रदान गरेको छ । नेपाली दूतावास मलेसियाका द्धितिय सचिव महेश त्रिपाठीको नेतृत्वमा आएको टोलिले पेनाङ्गमा ४६ जना अबैधानिक रुपमा रहनु भएका नेपाली श्रमिक हरुलाइ एकतर्फी यात्रा अनुमतिपत्र (ट्राबल डकुमेन्ट ) उपलब्ध गराएको छ । मलेसिया सरकारले यहि अगस्त १ तारिख देखि संचालन गरेको आममाफी “back for good” कार्यक्रम अन्तर्गत घर फर्कन चाहेका कागजात बिहिन धेरै नेपालीहरु लाभान्वित भएका छन ।

    दूतावासको यो अत्यन्तै सह्रानिय काममा “जनउद्धार केन्द्र मलेसिया” मुख्य सहयोगी बन्न पुगेको छ । आगामी दिनहरुमा पनि दूतावास बाट श्रमिक हरुको हितमा यस्ता थुप्रै कार्यक्रमहरुको आयोजना हुनेमा जनउद्धार केन्द्र ढुक्क रहेको केन्द्रका अध्यक्ष केशु थापाले आफ्नो शुभेच्छा प्रकट गर्दै दूतावास लाइ धन्यवाद दिएको थिए । यात्रा अनुमतिपत्र लिएका सबैलाई सुरक्षित रुपमा स्वदेश फर्कने बाताबरण मिलोस भन्ने शुभकामना समेत दिएको थिए ।
    मलेसियामा रहनु भएका आफ्नो भिषा अवधी नसकिएका ले विभिन्न ठाउमा सेवा दिईरहेको कन्सुलर मार्फत जान नसकिने र ज-जस्को भिषा अवधि सकिए र अवैधानिक रूपमा बस्नेहरूले जान पाउने जदुतावासले जानकारी दिएको छ । जस्ले वैधानिक रुपमा काम गर्दै आएको छ्न आफुले काम गर्ने कम्पनीमा के – कस्ता कम्जोरि छन ति कमि कमजोरी र समस्या लाइ राजदुतावाको कन्सुलर विभागमा जानकारी दिनको निमित्त दुूतावासले हार्दिक अपिल समेत गरेको छ ।

    अवैधानिक रुपमा मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनीहरुले यो आममाफीको समय लाई सदुपयोग गर्नुहोला तपाईहरुकै कारणले दिसेम्वर ३१ पछि हुने कानुनी झमेलामा पर्ने अवैधानिक मातहतमा रहने श्रमिक स्वयं जिम्मेवार हुने राजदुतावास मलेसियाका द्वितिय सचीव महेेेेश त्रिपाठिले बताए । जनसवाल दैनिक बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु