• चर्चित गायक दिपक लिम्बुको “बाँच्नु जती” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १४:५९

    काठमाडौ ।चर्चित गायक दिपक लिम्बुको “बाँच्नु जती” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको छ । सुवास जमरकट्टेलको शब्द रहेको उक्त गीतमा विकास चौधरीको संगीत रहेको छ । जीवनका दुखका पललाई समावेश गरिएको उक्त गीतमा बाँच्न र मर्न उत्तिनै गारो हुने कुरा गरिएको छ ।
    साहिल खान र सायसाको अभिनय रहेको उक्त गीतको भिडियो नवराज उप्रेतीले छायाँकन गरेका हुन् । एक माया गर्ने जोडीको माया प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा आफ्नो मायालुलाई दुख पर्दाको पलमा साथ दिँदै देख्न सकिन्छ । विज्ञान राइको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई साहिल खानले नै सम्पादन गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु