• एलिना चौहानको “तिम्रो खुसीमा” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १५:४३

    काठमाडौं ।एलिना चौहानको “तिम्रो खुसीमा” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई खुशी इन्टरटेन्मेन्टको युट्युबबाट सार्वजनिक गरिएको छ । नृपेश उप्रेतीको शब्द तथा संगीत रहेको उक्त गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । माया , प्रेम र खुसिको भाव समावेश गरिएको उक्त गीतमा मायालुको खुसि चाहेको कुरा गरिएको छ ।
    श्रृचा थापा , सुदिप न्यौपाने , अस्मिता बि.क. र मोहन आर्चायको अभिनय रहेको उक्त गीतको भिडियो नमराज घिमिरेले छायाँकन गरेका हुन् । श्रृचा थापा र सुदिप न्यौपानेलाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । प्रविण थापाको कोरियोग्राफीमा तयार भएको उक्त गीतको भिडियोलाई शक्ति प्रजोल घिमिरेले निर्देशन तथा सम्पादन गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु