दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हातेमालो विना शहर सफाई संभव छैन : श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २८ गते, मंगलवार १७:३७

ललितपुर, २८ श्रावण – ललितपुर महानगरपालिका वडा नं ५ का अध्यक्ष बिकाशमान श्रेष्ठले स्थानिय टोलको हातेमालो बिना शहर सफाई संभव नहुने बताएका छन\ ।

वडाद्वारा आज लगनखेलमा आयोजित ‘स्वच्छ, सफा, हराभरा वडा बनाउन- हाम्रो अभियान’ अन्तर्गत स्कुल कलेज र बिभिन्न संघ संस्थाहरुसँग योजना तर्जुमा र अन्तर्किया कार्यक्रममा उनले सो कुरा राखेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै उनले टोलको अलाबा स्थानिय स्कूल, कलेज,अफिस लगायत संघ संस्थाहरुको पनि नगर सफाईमा उत्तिकै योगदान रहने कुरामा जोड दिदै त्यहि कुराको महसुस गरेर वडाले अन्तर्किया गर्न शुरु गरेको बताए। ‘यो पहिलोचरणको अन्तर्किया हो,यस्ता अन्तर्किया स्थानिय क्लब, बैंक, बित्तिय संस्था, अस्पताल, महिला समूहहरुसँग पनि निरन्तर गरिने छ।’उनले भने ‘अझ फोहोर उठाउने निजी कम्पनीले अहिले वडाको सफाईमा अत्यन्त सकारात्मक भूमीका खेल्ने खास गरेर नेप्सेम्याक तथा बहुउद्देश्यीय कम्पनी धन्यवादका पात्र छन्।

२९ वटा वडा भएको ललितपुर महानगरसँग स्रोत र साधन सिमित मात्रामा भएको हुनाले स्वयं ५ नं वडा र महानगरले निजी क्षेत्रबाट शहरको सफाईमा सहयोग मिल्ने अपेक्षा गरेको कुरा उनले राखे ।

ब्रिटिश गोर्खाज् नेपालका प्रतिनिधि मेजर मुक्ति गुरुङ्ले सेनामा कमाण्डरले नीति तयार पार्ने र निर्देशन दिने प्रणाली भएजस्तै वडाध्यक्षले नीति निर्माण गर्ने तथा सफाईमा टोलवासीलाई जागरुक पार्ने काममा कुनै कसर बाँकी नराखेकाले अब टोलवासीले आ-आफू खटेर शहर सफा पार्ने काममा लाग्नु पर्ने बताए ।

कार्यक्रममा वडा नं ५ का सल्लाहकार पुरुषोत्तम ढुंगाना, कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का, नेप्सेम्याकका अध्यक्ष लक्ष्मीप्रसाद गेलाल, बहुउद्धेश्यीयका प्रबन्ध निर्देशक एकराज आचार्य लगायतका बक्ताहरुले नगर तथा वडा सफाईमा पहिले पहिले लागेजस्तै भबिष्यमा सक्रिय भैइरहने र अरुलाई पनि सक्रिय रहिरहन आह्वान गरेका थिए।

स्वागत मन्तब्य राख्दै वडा सदस्य अशोक श्रेष्ठले वडाले सफाई, हरियाली तथा सुन्दर वडाको कल्पना गरेको हुनाले सबै पक्षलाई हातेमालो गर्न आह्वान गरे ।

कार्यक्रमको अन्त्य तिर वडा सदस्य पुनम निरौलाले ऊपस्थितीका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै ०५ नम्बर वडा ललितपुर महानगरको नमुना वडा भएको दाबी पेश गर्दै वडाले उल्लेख्य कामहरु गरिरहेको बताईन । अन्तर्क्रिया कार्यक्रम वडा सदस्य शोभा श्रेष्ठले संचालन गरेकि थिईन्।

जावलाखेलदेखी पश्चिम तथा लगनखेल बसपार्क दक्षिण सातदोबाटोको चक्रपथसम्मको मुख्य भू(भाग रहेको ललितपुर महानगरपालीको वडा नं ५ ले समय समयमा ब्रिहद् रुपमा टोल सफाई तथा सचेतना कार्यक्रम गर्दै आएको छ। वडाले अहिले वडाभित्रका प्रत्येक साना-ठूला सडकमा बत्ती जडानलाई पनि मुख्य प्राथमिकता दिएर ‘उज्यालो ५ नं वडा’ अभियान नै संचालन गरेको छ। यस्तो उज्यालो अभियानबाट वडावासीहरु उत्साहित बनेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु