बेल्जियम, बिगत डेढ दशकदेखि बेल्जियमा आफ्नै व्यवसायका साथ साथै विभिन्न सामाजिक कार्यहरुमा समेत सकृयरुपमा सहभागि भई आफ्ना सामाजिक जिम्मेवारीहरु सफतापूर्वक निर्बाह गर्दै आइरहेका कासी दनैले एनआरएनए बेल्जियमको आगामी कार्यकाल (२०१९ देखि २०२१ सम्म) को लागी यूवासंयोजक पदमा उम्मेद्वारी घोषण गरेका छन ।
उनले आफ्नो उम्मेद्वारी घोषणमा भनेका छन– “म विभिन्न सामाजिक कार्यहरुमा सक्रियरुपमा सहभागिता भईरहदा मैले के अनुभव गरको छु भने हरेक क्षेत्रमा युवाहरुको उपस्थिति न्युन रहेको मात्र पाएको छु । सोही अनुसार, एननआरएनए अभियानमा पनि यूवाहरुको उपस्थिति एकदमै न्युन हुनु अत्यन्तै दुखलाग्दो र निराशाजनक कुरा हो । त्यसर्थ, यूवा पिढिको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउन सबल र सक्षम ब्यक्तित्वको पहिचान गरी विभिन्न क्षेत्रमा रचानात्मक र प्रभावकारी उपस्थिति गराउनुपर्ने टट्कारो आवश्यकता देखेको छु । समाज र देशको सकरात्मक परिवर्तनको लागि यूवाहरु पनि नेतृत्व्दायि भुमिकामा हुनै पर्दछ भन्ने मलाइ लागेको छ ।
तसर्थ, यहाहरुको साथ, सहयोग, समर्थन, हौसला, प्रेरणा र मार्गदर्शनको पुर्ण अपेक्ष्या र भरोसा गर्दै म गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल (२०१९ देखि २०२१ सम्म) को लागी यूवा संयोजक पदमा आफुले उमेदवारी दिने निर्णय गरेको बिनम्र जानकारी गर्दछु ।”