• पत्रकार आत्महत्याको विषयमा अनुसन्धानको लागि रवि लामिछानेलाई नियन्त्रणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार २०:१७

    काठमाडौ्र। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले न्यूज २४ टेलिभिजनमा कार्यरत चर्चित टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ।
    जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी डिआइजी शैलेश थापाको भनाई रहेको छ। रवि लामिछानेलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिएको छ।

    चितवन प्रहरीको अनुरोधमा रवि लामिछानेलाई पक्राउ गरिएको डिआइजी थापाले भनेका छन्। लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले कलंकीवाट रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु