• गैर आबासीय नेपाली संघनेतृत्वमा सशक्त भूमिका खोज्दै मध्यपूर्ब बाट डिबी क्षेत्री महासचिबको उम्मेदबार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार १२:३९

    युएई । गैर आबासीय नेपाली संघ (एनआरएनए) मुख्य हिस्साको रुपमा रहदैं आएको एनआरएनए मध्यपूर्वले आगामी कार्यकालका लागि नेतृत्व तहमा सश्क्र भूमिकाका लागि पहल थालेको छ । नेतृत्व छनोटमा मध्यपूर्व एनआरएनए निर्णयक रहँदै आएको भएपनि एनआरएनएको नेतृत्वमा मध्यपूर्व पछाडि परेको भन्दै यसपटक मध्यपूर्वका एनआरएनए अभियन्ताहरुले पहल थालेका हुन् । एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद (आईसीसी) को अधिबेशन नजिकिदै गर्दा मध्यपूर्बको उपस्थितिलाई अहिले निकै चासोका साथ हेर्न थालिएको छ । नेपाली कामदारहरुको मुख्य उपस्थिति रहेको मध्यपूर्ब एनआरएनमा कतार, ओमान, युएई, बहराइन, साउदी अरब, ईजिप्ट, ईराक, जोर्डन, कुबेत लगायत ११ राष्ट्रहरु रहेका छन् । एनआरएनए आईसीसीको अधिबेशन आगामी अक्टोबर १३–१६ मा काठमाडौंमा हुँदैं छ ।

    यसपटक केन्द्रीय नेतृत्वका लागि मध्यपूर्बबाट बर्तमान सचिब डिबी क्षेत्री र मध्यपूर्ब संयोजक राजेन्द्र कुमार शर्मा (आरके) ले क्रमशः महासचिब र शर्माले सचिबमा उम्मेदवारी दिने तयारी गरेका छ्न् । यसपटक मध्यपूर्बबाट ५ सयभन्दा बढी पार्षदहरु नेपाल जाने सम्भावना रहेको र मतदान भएको खण्डमा मध्यपूर्बका मतादाता निर्णयक भएकोले पनि मध्यपूर्ब खाडीका एनआरएन एनसीसीलाई सबैले चासोका साथ हेरेका हुन् । मध्यपूर्बबाट एनआरएन अभियानमा अगाडि देखिएका अन्य अनुहारहरुमा गोपाल कँडेल, बिनोद भट्टराई, मनोज गोर्खाली, प्रबीण गुरुङ, राजु शैयद, सुदीप कार्की, धरमराज गिरीलगायत छन् । गोर्खाली र गुरुङले मध्यपूर्ब संयोजक र कार्कीले युवा संयोजकमा आफ्नो उम्मेद्बारी घोषणा गरिसकेका छन् । एनआरएन अभियानमा मध्यपूर्बका अभियान्ताहरु एक भए नेतृत्वमा मध्यपूर्वको सशक्त उपस्थिति हुने साथै मजदूरका धेरै समस्याहरुलाई सम्बोधन गर्न सकिने जानकाहरु बताउँछन् ।
    डिबी क्षेत्री महासचिबको उम्मेदबार
    बर्तमान सचिब क्षेत्रीले छिट्टै नै उम्मेदबारी घोषणा गर्ने बताएका छन् । आगामी २३ तारिख कतारको राष्ट्रिय सम्मेलनको अवसर पारेर क्षेत्रीले उम्मेद्बारी घोषणा गर्ने सम्भावना रहेको छ । मध्यपूर्बका नेपालीहरु नेतृत्वदायी पदमा पुगेर एनआरएन अभियानलाई नेतृत्व दिन सक्छन् भन्ने विश्वलाई बताउन आवश्यक रहेको भन्दै क्षेत्रीले खाडीमा लेबर मात्र हुन्छन, नेतृत्व गर्ने क्षमता राख्दैनन भन्ने खालको अपमानजन्य भ्रमहरु तोड्न आवश्यक रहेको बताए । बेल्जियमकी जानकी गुरुङले महासचिब पदमा उम्मेद्बारी घोषणा गरिसकेकी छिन् भने बिधान समितिका संयोजक डा हेमराज शर्माले समेत बेलायतबाट उम्मेद्बारी घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

    एनआरएन धनीमानीहरुको चन्दाले चलेको संस्था नरहेको भन्दै खाडीका पचासौ लाख मजदूरको साथ र उनिहरुको आर्थिक योगदानलाई नजरअन्दाज गर्नु नहुने क्षेत्रीले बताए । ’कसैले भ्रम नराखे हुन्छ, एनआरएन अभियानमा खाडीका मजदूरहरुको पसिना पनि पोखिएको छ, कसैको डलरले चलेको हैन । संस्थामा लागेर दुख गर्ने मध्यपूर्ब, अफ्रिका र मलेसियाका कामदारहरुको अपमान हुने गरी कसैको माया दयाले दिएको पद स्वीकार नगर्ने उनले बताए । ‘संस्थाको महत्वपूर्ण र मुख्य पदहरुमा यिनिहरुको धनसम्पती र क्षमताले पुग्दैन भन्ने भ्रम चिर्न पनि यी क्षेत्रका एनआरएन अभियन्ताहरु एक हुन जरुरी रहेको छ,’ उनले भने । बैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको बिषय उठाउने क्षेत्री पहिलो एनआरएन अभियान्ता हुन । उनले हजारे अभियानको नाममा बैदेशिक रोजगारी संचय कोष अभियानको सुरुवात गरेका थिए । नेपाल सरकारले उक्त अभियानलाई सम्बोधन गर्दै हाल कानून निर्माणको क्रममा रहेको छ ।

    ‘लाखौं नेपालीहरु रहेको मलेसिया र खाडीले हालसम्म महत्वपूर्ण पद अध्यक्ष र महासचिब पद पाउन सकेको छैन । खाडीमा पनि सक्षम एनआरएन अभियान्ताहरु छन तर नेतृत्वले सधैं हेप्ने काम गरेको छ । संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने, एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टि गर्न आवश्यक छ । त्यसको लागि मध्यपूर्बले सफलतापूर्बक नेत्रित्वदायी भूमिका पुरा गर्न सक्षम छ भन्ने कुरा प्रमाणित गर्न पनि मध्यपूर्बका एनआरएनहरु एक हुनुपर्ने भएको छ । मध्यपूर्ब कसैको भोट् बैंक मात्र हैन भन्ने प्रमाणित गर्न म महासचिबमा आउने छु’, क्षेत्रीले भने ।

    क्षेत्रीले अर्थतन्त्रको एक तिहाई भाग रेमिटेन्समार्फत योगदान गर्ने मध्यपूर्वबाट संघर्ष गर्नेलाई साथ दिने कि पैसावाल र सकेसम्म युरोप अमेरिकावालालाई साथ दिने हो त्यसले नै अग्रजहरुको मध्यपूर्बलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने बुझ्न सकिने बताए । ‘म हरेक सरकारसँग मध्यपूर्बका नेपालीहरुको हकहितको लागि लगातार लडिरहेको छु । अझै पनि यसलाई टुङगोमा पुर्याउन जरुरी छ । के मैले एनआरएनमा लागेर मजदूरहरुको सामाजिक सुरक्षाको मुद्दा उठाउनु गलत भयो ? तसर्थ यो एउटा बर्गीय लडाईं र परिक्षा पनि हो भन्ने बुझेको छु । यदि खाली चिल्ला कुरा मात्र हैन र मध्यपूर्ब प्रती भ्रम छैन भने मलाई सर्बसम्मत महासचिब दिनुपर्छ । र म नै हो अबको एनआरएन आईसीसीको महासचिब,’ क्षेत्रीले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु