• अनुसन्धानका लागि रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार १५:३४

    चितवन, ३१ श्रावण – सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाले ५ दिन थुनामा रहने भएका छन्।

    जिल्ला अदालत चितवनले लामिछानेलाई हिजोबाट लागु हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

    उनी मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ गरेका थिए। पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियोमा लामिछानेको नाम समेत लिएका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु