• रोशन र स्मृतिको ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार १६:४४

    काठमाडौं, ३१ श्रावण – गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ । संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक भएको हो । डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

    उक्त गीतको कोरियोग्राफी भने मोडल समेत रहेका सागर कार्कीले गरेका हुन् । गीतको मुख्य भूमिकामा सागर सहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन् ।

    गीतको छायांकन जनक अधिकारीले गरेका हुन भने भिडियो निर्देशन सोनु कुमारले गरेका हुन् । गीतमा मिक्सिङ भने सन्तोष पौडेलले भरेका छन् । भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु