२०७६ साल साउन ३२ गते शनिबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ३२ गते, शनिबार ०८:०७

वि.सं. २०७६ साउन ३२। शनिबार। इ.स. २०१९ अगस्ट १७। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। द्वितीया
मेष –( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।

बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।

मिथुन –( का, कि, कु, घ, ङ, छ, के, को, ह)

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सम्मान, सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कन्या –( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले अनावश्यक दुस्ख दिनेछन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।

बृश्चिक –( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ।

धनु –( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। हल्लाको पछि लाग्दा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ।

कुम्भ –( गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ।

मीन –( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु