• वार्षिक ८ करोडको कोष स्थापना गर्ने योजना सहित महेश श्रेष्ठद्धारा गैरआवासीय नेपाली संघ को कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ११:०४

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् ।

    श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

    उनले बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी उपयुक्त हुने बताएका छन् ।

    उनको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रिय छन् । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन् ।

    श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने योजना बनाएका छन् ।

    उनले उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गरेका छन् ।
    उनले वार्षिक ८ करोड जम्मा हुने सो कोषमा यसरी रकम जम्मा हुने तर्क गरे संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिन्छ र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गर्दछ। उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८० करोड रुपैया जम्मा गर्न सकिन्छ ।

    उनले सो कोषको संचालनका लागि निमावली तथा कार्यविधी बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेको जानकारी दिए।

    उनले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्धा समेत दायर गरेका छन् ।

    संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेको छ । त्यसका बिरुद्ध गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी छ श्रेष्ठले भने।

    पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् ।

    यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् ।

    जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशक समेत रहेका छन् । उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन् ।

    उनको नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी ट्राभल एण्ड टुर, आइटी, आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावरमा समेत लगानी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु