साहित्यकार स्व. अष्टमुनि गुभाजुको कथा संग्रह ‘मनू नुगः’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ३२ गते, शनिबार १२:२२

काठमाडौं, ३१ श्रावण – नेपाल भाषाका साहित्यकार तथा बौद्ध दर्शनका विद्धान स्व. अष्टमुनि गुभाजुको ‘मनू नुगः’ नामक कथा संग्रह सार्वजनिक भएको छ ।

बुवा सप्तमुनी बज्राचार्य र आमा मसिनु (रेवती) बज्राचार्यका दोस्रो सन्तानको रुपमा उनको जन्म ने सं १०७६ सिथिचः¥हय्का दिन भएको हो ।

गुभाजुकी श्रीमती मंगल देवी स्थापित पनि नेपाल भाषाका साहित्यकार हुन् । उनका दुई छोरा छन् । गुभाजु विगत ४० वर्षदेखि नेपाल भाषा साहित्यमा सक्रिय व्यक्तिको रुपमा क्रियशिल थिए । उनि बौद्ध धर्ममा पनि उल्लेखनिय योगदान पुर्याउने व्यक्तित्व हुन् ।

उनको पहिलो कृति ‘धंकि दुने धंकि पिने’ ने।सं ११४० मा प्रकाशित कथा संग्रह हो । ने।सं ११२० मा उनको ‘ख्युं नाया वनाच्वंगु सुथ’ नामक उपन्यास प्रकाशित भएको थियो ।

त्यस बाहेक नगु व मिला, चर्या नृत्य गुरुया लुमनाय्, श्री वसुन्धरा देवी व्रत–बाखं, बौद्ध कर्मकाण्ड व बद्री गुरुजु, अमृतधम्म, जीवनका पानाहरु स्व। लोकदर्शन बज्राचार्यको आत्म वृतान्त, अष्टसाहस्रिका प्रज्ञापारमिता लगायतका धेरै कृतिमा सम्पादकका रुपमा कार्य गर्नुका साथै विभिन्न पत्रपत्रिकामा लेख, रचना र कथाहरु प्रकाशित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु