दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

कलाकार सुभद्रा अधिकारीको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ३२, शनिबार १२:३९

काठमाडौं ।कलाकार सुभद्रा अधिकारीको असामयिक निधन भएको छ । नेपाली फिल्म क्षेत्रको निकै प्रतिभाशाली कलाकार हुन् सुभद्रा । दर्जनौं सम्मान, पुरस्कार तथा पदक थापेकी उनको निधन ७३ वर्षको उमेरमा आफ्नै निवासमा भएको हो । उनको जन्म वि.सं २००४ सालमा काठमाडौंको असनमा भएको थियो । उनलाई पछिल्लो केही समय देखि दमले सताईरहेको कारण उनलाई टिचिङ हस्पिटलमा भर्ना गरिएको थियो । शनिबार बिहान निधन भएको उनको पार्थिव शरीर उनकै निवास डल्ल्लु, स्वयम्भूमा १ बजे देखि ३ बजेसम्म राखिनेछ ।
उनी ६ वर्षको हुँदा उनले नेवारी नाटक कचीमचा (कलिलो बच्चा)बाट कलाकारिताको क्षेत्रमा पाइला चालेकी थिईन् भने २०२८ सालमा उनले फिल्म मनको बाँध बाट फिल्मी यात्रा सुरु गरेकी थिईन् । उनले जीवनरेखा, बदलिँदो आकाश, वासुदेव, बेहुली, पिरती, कन्यादान जस्ता सयौं फिल्ममा अभिनय गरेकी छिन् । उनले केही पाकिस्तानी फिल्महरुमा पनि काम गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु