ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

गैरेले आफनो क्षमता अनुसार समाजमा ठुलो योगदान दिएर गए : टोपबहादुर रायमाझी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र १, आईतवार १५:५१

काठमाडौ , अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जी निवासी स्व. रुक्मागत गैरेको ४५ दिनको पुण्य तिथिमा श्रद्वाञ्जली सभा सम्पन्न भएको छ । शनिवार काठमाडौमा आयोजित एक कार्यक्रम बिच श्रद्वाञ्जली सभा सम्पन्न भएको हो ।

श्रद्वाञ्जली सभामा पूर्वउपप्रधान मन्त्री तथा नेकपाका स्थायी समिती सदस्य एवम् यूवा तथा खेलकुद बिभाग प्रमुख टोपबहादुर रायमाझीले स्व. गैरेको परिवारलाई सम्वेदना व्यक्त गदै उनको फोटोमा माल्यापर्ण गरे ।

रायमाझीले स्व रुक्मागत गैरेसंग २०४० साल देखी सामिप्यता रहेको स्मरण गर्दै गैरे राजनीतिसंगै समाज सेवामा समेत कृयाशिल रहदै आएको बताए । स्व. गैरेले आफनो क्षमता अनुसार समाजमा ठुलो योगदान दिएर गएको बताउदै नेता रायमाझीले अर्घाखाँची जिल्लासंगै देशको लागी ठुलो क्षती पुगेको बताए । रायमाझीले भने ‘उहाँ मरेर गए पनि समाजमा ठूलै छाप छोडेर गएको महशुश हुन्छ, हामी बाँचेकाहरुले उहाँको योगदानलाई सम्झीरहे, त्यहि नै उहां प्रति सच्चा श्रद्दाञ्जली गरेको ठहर्छ’ उनले भने । शोकलाई शक्तिमा बदलेर स्व. गैरेको योगदानलाई पछ्याउने काममा लाग्नु पर्ने रायमाझीले बताए ।

सोही कार्यक्रममै नेता रायमाझीले १० बर्षको जनयूद्व र २०६२—०६३ को जनआन्दोलनबाट प्राप्त भएको उपलब्धी कसैको धम्की र हिंसाले उल्टन नसक्ने बताए । पूर्वउपप्रधान मन्त्री समेत रहेका रायमाझीले बिप्लब समूहलाई लक्षित गर्दै हिंसा, हत्याको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गरे ।
नेकपाका प्रभावशाली नेता डिलाराम आचार्यले स्वर्गीय रुक्मांगत गैरेको निधनले समाज र देशको लागी नै ठुलो क्षती भएको भन्दै उनले समाजमा देखाएको योगदानको अनुसरण गरेर अगाडी बढन जरुरी रहेको बताए । नेता आचार्यले भुमिगत कालमा स्वर्गीय गैरेले आफूहरुलाई बिभिन्न पटक सल्लाह सुझाब संगै सेल्टर दिएको स्मरण समेत गरे ।

नेकपाका नेता लक्ष्मण रायमाझीले परिवार जनमामा समवेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्द ै अघि बढ्नु पर्ने बताउए । नेता रायमाझीले आफुहरुले राजनीति संगठन बिस्तारको क्रममा आईपरेका विभिन्न कठिनाईको हल गर्न गैरेले सहजीकरणको वातावरण निर्माण गरेको स्मरण समेत गरे ।

श्रद्वाञ्जली सभा कार्यक्रमको सभापतित्व गरेकाभएका स्वर्गीय गैरेका कान्छो भाई विनाराम गैरेले दाईको निधनले परिवारमा परेको शोकलाई शक्तिमा बदल्ने प्रण गर्दै अगाडी बढने बताएका थिए । उनले दाईको निधनले परिवारको मियो र समाजले असल नागरिक गुमाएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु