• टेष्ट अफ नेपाल यात्राको लागि सेफ प्रेमलाल घिसिङलाई लायन्स प्रभु आर.टि. को सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १७:५२

    काठमाण्डौं, ०१ भाद्र – नेपाली मौलिक तथा रैथाने खानालाई विश्वबजारीकरण गर्नको लागि योङ सेफ प्रेमलाल घिसिङले नेपालको पूर्व देखि पश्चिम महाकाली सम्मा नेपाली फुड टुर गर्ने भएका छन् । उनले फुड टुरमा नेपालको ग्रामिण भेगमा पाईने खानाको परिकारहरुको रेसिपि र पकाउने विधिको अध्ययन गरेर नेपाली मौलिक खानाको किताब र भिडियो तयार पारिने जानकारी दिएका छन् । नेपालमा फुड टुरिजमको राम्रो सम्भावना रहेकोले फुड टुरिजम रुट पनि तयार पार्ने उनले बताए । नेपालको हेरिटेज फुड र कल्चरल फुडको बारेमा पनि अध्ययन गर्ने उनको
    लक्ष्य छ । उनको फुड यात्राको लागि लायन्स क्लाव अफ काठमाण्डु प्रभु आरटिले ४१,१०१ रुपैया सहायोग गर्ने भएको छ । सहायोगि हातहरुलाई धन्यवाद दिदै सबैलाई सहायोगको अपिल पनि गरेका छन् । अध्ययन र अनुसन्धानको लागि ६० लाख लागत खर्च लाग्ने सेफ प्रेमलाल घिसिङले जानकारी दिए । नेपालमा बहुभाषी र जाति भएकोले धेरै भन्दा धेरै नेपालमा खानाको परिकार रहेको र त्यो हाम्रो मौलिक खानाहरु लोप हुन लागेकोले त्यसको जगेर्ना गर्न र नेपाली खानालाई विश्व बजारीकरण गर्नको लागि फुड यात्रा तयार गरेको सेफ प्रेमलाल घिसिङले बताए । नेपाली खाना स्वस्थ्यको दृष्टीकोणले धेरै राम्रो रहेकोले हाम्रो पुर्खाहरु गोर्खाली हुन सकेको सेफ प्रेम बताउछन् । उन भन्छन् खाना संस्कृति र पहिचानको स्वरुप हो यसको जगेर्ना र प्रवर्दन गरौं, नेपाली मौलिक खान खाऔ स्वास्थ बनौ, हाम्रो सस्कार संस्कृतिको जगेर्ना गरौं । भन्ने मुल नारा लिएर अगाडि बढने बताए । हाम्रा मौलिक खानाहरु औषधी भन्दा कम नभएकोले उनले यो यात्रा सुरु गर्न लागेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु