काठमाडौं । लामो समयदेखि नेपाली गित संगीतक्षेत्रमा आफ्नो कलाको माध्यमबाट परिचित अनुहार हो योगेन्द्र खनाल । तिनै योगेन्द्र खनाल फेरि एकपटक आफ्नो जादुमयी स्वरको साथ नेपाली गीत संगीतको बजारमा उपस्थित भएका छन् । चट्ट रुमाल खोलीमा धोयो मायाले, कलेजीको कुनामा छोयो मायाले गीतको राधा सुवेदीले गरेकी हुन । जसलाई योगेन्द्र खनाल र जुनु गौतमले स्वर दिएका छन् । उक्त गीतमा संगीत पनि गायक योगेन्द्र खनालको रहेको छ । हाईलाईटस् नेपालबाट बजारमा ल्याईएको उक्त गीतको म्युजिक भिडियो पनि निकै आर्कषक बनेको गायक योगेन्द्रले बताए । गीत संगीत आफ्नो कर्म र चाहना भएको कारणले पनि गीतलाई कर्णप्रिय बनाउन र भिडियोलाई आर्कषक बनाउनको लागि कुनै कसर नछोडेको उनले जानकारी समेत गराए । युटुव च्यानलमा राखेको केहि दिनमा राम्रै भ्युज पाईरहेकोले पनि योगेन्द्र खनाल र जुनु गौतमको कर्णप्रिय गीतलाई धेरैले मन पराएको देखिन्छ