भक्तपुर, ०२ भाद्र – अन्तरास्ट्रिय युवा दिवस २०१९ को अवसर पारी शनिबार भक्तपुरमा सम्बाद कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम युवाका साथ साथ आवाज नेपालले आयोजना गरेको हो । जिल्ला समन्वय समिती, भक्तपुरको सभाहलमा आयोजित उक्त कार्यक्रममा युवा, अवसर र चुनौती सहित भविष्य निर्माणका सन्दर्भमा युवाहरुलाई अभिमुखिकरण गरिएको थियो । साथसाथै कार्यक्रममा विभिन्न क्षेत्रका सफल उद्धमी तथा व्यावसायिहरुले आफ्नो अनुभव मार्फत युवाहरुलाइ उत्प्रेरणा प्रदान गरेका थिए ।
कार्यक्रमको प्रमुख बक्ताको रुपमा युवा अभियन्ताद्वय बिष्णुहरी दाहाल र सन्जय खड्काले ऊपस्थिती जनाएका थिए । कार्यक्रम माझ जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुवर, सुर्यबिनायक नगरकार्यपालिका सदस्य दिपक बिशुन्के, गैसस महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा, साना तथा घरेलु उधोग महासङ्घका उपाध्यक्ष चन्दन कृष्ण श्रेष्ठ, युवा उधमी सनिस लगेजु, युवा समाजसेवी सुमित्रा चौलागाईं लगायतले आफ्नो अनुभव र आफ्नो सफलताको कथा प्रस्तुत गरेका थिए ।
” युवाहरुलाई स्वदेशमै भएको स्रोत पहिचानमा सहजता पुर्याउन , यहाँ भएको अवसरहरुको सदुपयोग गर्न र चुनौती सामनाका उपायहरु सिकाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो, जसले युवाहरुलाइ सकारात्मक बिचार र उनिहरुको क्षमता बिकासमा समेत सहयोग पुर्याउने छ।” युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले बताए ।
युवाको बिदेश पलायन घटाउनका लागि र युवाहरुलाई सकारात्मक बनाउन यस्ता कार्यक्रमको भूमिका महत्वपूर्ण हुने भएकाले यो कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष राजेश घिमिरेले बताए ।
कार्यक्रममा भक्तपुर जिल्लाका ७६ जना युवाहरुको सहभागीता रहेको थियो ।