ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

१४औं‘नाडा अटो शो २०१९ भदौ १० गते देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २, सोमबार ०६:४०

काठमाडौं, भदौं २ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा १४औं‘नाडा अटो शो २०१९’ सुरु हुने भएको छ । नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी यही भदौ १० गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपको प्रदर्शनीहलमा उक्त शो हुने जनाएको छ ।

६ दिनसम्म आयोजना हुन लागेको यो ‘नाडा अटो शो’ सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सब्बन्धित सरोकारवाला संघ संस्थाहरु एक मात्र भव्य प्रदर्शनी भएको नाडाले जनाएको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० वटा स्टलहरु रहने छन् । प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामुलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सुविधा दिने जस्तै वित्तीय सेवा, विक्रिपछिका सेवा एवं इन्स्योरेन्सका स्टलहरु छुट्टाछुट्टै रहने छन् भने अटो सम्वन्धि जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि छुट्टाछुट्टै साझा मिडिया स्टलहरु रहने छन् ।

यस प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा प्रदायकहरु गरी ९५ वटा ब्राण्डहरुको सहभागिता रहने छ ।

उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन हुने भएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा रहने छन् ।

बिगतका नाडा अटो शो भन्दा अझ व्यवस्थित बनाउन एवं आगन्तुकहरुको भ्रमणलाई सुविधायुक्त बनाउन सहज आवत जावतकालागि यस वर्ष अस्थाई आकाशे पुलको निमार्ण पनि गरिने भएको छ । पार्किङ्ग स्थलको चरम अभाव भएता पनि प्रर्दशनी अवलोकन गर्न आउने दर्शकका लागी सकेसम्म प¥र्याप्त पार्किङ्गको व्यवस्था गरिएको छ ।

६ दिने उक्त प्रदर्शनीमा करिब ७५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । यस वर्ष ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जि.पी.एक्स जेन्टलमेन २०० सि.सि क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना अवलोकनकर्तालाई उपहार दिने व्यवस्था गरेको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु