अभिनेत्री सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २ गते, सोमबार १३:४०

मुम्बई। विश्वविख्यात पोर्न स्टारको ख्याति कमाएकी बलिउड अभिनेत्री सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी परेकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपर स्टारलाई समेत सन्नी लियोनले पछि पारेकी छन्।

पछिल्लो समय भारतको प्रशारित क्षेत्र काश्मीर घटनालाई जोडेर मोदीको राष्ट्रियदेखि अन्र्तराष्ट्रिय संचारमाध्यममा व्यापक चर्चा भएको थियो। तर मोदीको चर्चा जति भएपनि सन्नीले उनलाई पछि पारेकी छन्।

गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म सन्नी लियोन भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो स्थान हासिल गरेपछि अहिले राष्ट्रियदेखि अन्तरराष्ट्रिय संचारमाध्यममा व्यापक चर्चा भैरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु