• महराको शब्द, निरौलाको स्वर र ढुंगानाको दमदार अभिनय रहेको तीज गीत ‘तीज आयो’( हेर्नुस् भिडियो)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलवार २०:२२

    काठमाडौं- हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गायिका मीना निरौलाको स्वरमा रहेको तीज गीत ‘तीज आयो’को भिडियो सार्वजनिक भएको छ ।

    महिला उद्यमी तथा वरिष्ठ ब्युटिसियन फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराको शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौला कै रहेको छ भने संगीत संयोजन निरज श्रेष्ठले गरेका छन् ।
    सार्वजनिक भिडियोमा नायिका नीता ढुंगानाको जोडदार नृत्य देख्न सकिन्छ । फिसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ ।
    उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

    उद्यमसंगै नेपाली मनोरंजन क्षेत्रसंग नजिक रहेकी महराले नेपाली संगीतको क्षेत्रमा पहिलो पटक पाइला चालेकी हुन् ।संगीतमा आफ्नो रुचि सानै देखि रहेता पनि गीत लेखन भने यो नै पहिलो रहेको र आगामी दिनमा कुनै न कुनै तवरबाट नेपाली संगीत क्षेत्रमा कृयाशील रहने महराले बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु