ऐक्यबद्धता प्रकाशन तथा संसारन्युजका अध्यक्ष निलकण्ठ तिवारीलाई माृतशोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ०६:०७

भाद्र ४, काठमाण्डौं । ऐक्यबद्धता प्रकाशन तथा संसारन्युजका अध्यक्ष निलकण्ठ तिवारीलाई माृतशोक परेको छ ।

अध्यक्ष तिवारीकी आमा विष्णु कुमारी तिवारीको मंगलबार ८१ वर्षको उमेरमा निधन भएको हो ।
विगत केही वर्षदेखि अल्जाइमरको समस्याले पीडित रहनु भएकी आमा विष्णु कुमारीको मंगलबार पर्वतको सरौंखोलास्थित आफ्नै घरमा निधन भएको हो ।

ऐक्यबद्धता प्रकाशन तथा संसारन्युजकी सम्पादक मीना शर्माकी सासुआमा समेत रहेकी विष्णु कुमारीको आज विहान १० बजे पर्वतस्थित शिला सालिग्राम सेतीवेनी धाममा लगेर दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय विष्णु तिवारीका छोराहरु जयनारायण तिवारी, पुण्य प्रसाद तिवारी, कृष्ण प्रसाद तिवारी, निलकण्ठ तिवारी,दीपक तिवारी र छोरी खुम कुमारी वस्याल रहेका छन् ।

आमा विष्णु कुमारी तिवारीको ८१ वर्षको उमेरमा भएको दुःखद निधनप्रति न्युजलाइन्स मिडिया परिवार हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दर्छौ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु