स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

जापानमा अभिनेताद्वय सरोज खनाल, धिरेन शाक्य, युवा ब्यवसायी कमान सिं लामा लगायतलाई समावेशी ईन्करेजमेण्ट अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ४, बुधबार १८:३१

टोकियो – जापानमा सम्पन्न समावेशी ईन्करेजमेण्ट अवार्डबाट अभिनेताद्वय सरोज खनाल, धिरेन शाक्य, युवा ब्यवसायी कमान सिं लामा लगायतका ब्यक्तित्वहरु सम्मानित भएका छन् । विश्वको पहिलो समावेशी अवार्डका रुपमा दाबी गरिएको उक्त अवार्डबाट खनाल र लामा सहित विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु बिभुषित भएका छन् । समावेशी ईन्करेजमेण्ट अवार्डबाट सम्मानित हुने अन्य ब्यक्तित्वहरुमा नेपाली नोटका डिजार्इनर सुन्दर श्रेष्ठ, जुना श्रेष्ठ, दिपक डोटेल, गनेश राई, लक्ष्मी तामाङ, रेस्लर अस्मिता जुरेलि, अन्जु गौतम, मिङ्स लामा, हर्के हवल्दारका खम्बे, शिव हरि नेपाल, शिव शर्मा, राजेन्द्र गिरि, अस्मिता बस्नेत लगायत छन् । सो कार्यक्रम अगस्ट १९ का दिन जापानको टोकियोमा सम्पन्न भएको थियो । अवार्ड कार्यक्रममा सम्पुर्ण क्षेत्रलाई समावेश गरिएको आयोजकको दाबी छ ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए भने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामा,जापानका सफल व्यावसायी केशब अधिकारी, सहआयोजक मातृ सन्देश डट कमका सम्पादक सन्ता कुमार पहाडी, चितवन जापान समाजका अध्यक्ष राजन श्रेष्ठ लगायतका ब्याक्तीत्वहरुको सहभागी रहेको थियो । कार्यक्रम क्लब ४० इन्टरनेस्नल नेपालको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम माझ नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरु लगायत विभिन्न संघ संस्थामा आबद्ध विशिष्ट ब्याक्तित्वहरुलाई अवार्ड बितरण गरिएको संस्थाका निर्देशक समिर लामाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम सब्य र भब्य भएको जापान आयोजक संस्थाका संयोजक शान्त कुमार पहारिले बताए । सो अवार्डको आउँँदो संस्करणलाई अझ भब्यता पूर्वक सम्पन्न गर्ने योजना रहेको समेत उनले खुलाशा गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु