दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ललितपुर ५ मा स्कुल, कलेज र विभिन्न संघ संस्थाहरुसँग अन्तर्क्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ४ गते, बुधबार १८:३९

ललितपुर, ०४ भाद्र – ललितपुर महानगरपालिका वडा नं ५ ले संचालन गरेको ‘स्वच्छ, सफा, हराभरा वडा बनाउन-हाम्रो अभियान’अन्तर्गत योजना तर्जुमा र अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अभियान अन्तर्गत आज स्कुल, कलेज र विभिन्न संघ संस्थाहरुसँग वडाले अन्तर्क्रिया गरेको हो ।

सो अवसरमा वडाध्यक्ष विकाशमान श्रेष्ठले वडाबासी सबैको साथ सहयोग विना वडालाई स्वच्छ, सफा, हराभरा बनाउने अभियान अधुरो रहने हुँदा सबैले आ आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन् । वडाध्यक्ष श्रेष्ठले वातावरणको स्वच्छताका लागि शैक्षिक प्रतिष्ठान लगायत संघ संस्थाले जिम्मेवारी वहन गर्ने परिपाटीको विकास गर्न अब ढिलाई गर्न नहुने बताउदै ललितपुर महानगर स्थित ०५ नंबर वडालाई नमुना वडा बनाउने कार्यका लागि अभियानमा सरिक हुन अब्हान समेत गरे ।

कार्यक्रममा कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का, साँग्रिला बैंकका रविन कुमार भट्ट, पानस सहकारीकी हसिना शाक्य, वडावासी सरिता कार्की, डा। क्षितिज, इन्जिनियर सुब्रत मणी दीक्षित, ईन्द्र कुँवर लगायतका बक्ताहरुले नगर तथा वडा क्षेत्रलाई हराभरा बनाउने अभियानमा आ आफ्नो क्षेत्रबाट साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै सुझाव समेत पेश गरे ।

कार्यक्रम माझ इन्जिनियर बिभुष बिष्टले वडा क्षेत्रलाई स्वच्छ सफा र हराभरा कसरी राख्ने भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै वडा सदस्य अशोक श्रेष्ठले वडाले सफाई, हरियाली तथा सुन्दर वडाको कल्पना गरेको हुनाले सबै पक्षलाई हातेमालो गर्न आह्वान गरे । सो अन्तर्क्रिया कार्यक्रम वडा सदस्य शोभा देवी श्रेष्ठले संचालन गरेकि थिईन्। कार्यक्रममा वडा सदस्य पुनम निरौला, मैया देवी रिजाल लगायतको ऊपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु