प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

अमेरिकामा मणी नेपाली पनेरु दशाब्दी पुरुष घोषित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ४, बुधबार १९:०६

काठमाडौं – अमेरिकामा मणी नेपाली पनेरु दशाब्दी पुरुष घोषित भएका छन् । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट अन्तरगत लायन्स क्लबका नयाँं पदाधिकारीहरु पदस्थापना सामारोहको बीच लायन मणी नेपाली पनेरुलाई दशाब्दी पुरुष घोषित गर्दै प्रेसिडेन्ट अवार्डले सम्मानित गरिएको हो । पनेरुलाई ४ पटकसम्म क्लब सेक्रेटरी र सल्लाहकारको हैसियतले समेत लायन्स क्लबहरुलाई प्रोत्साहन गर्दै महत्वपूर्ण सेवा पुर्याएवापत निवर्तमान क्लब प्रेसिडेन्ट विन्दु सापकोटाले सो सम्मान गरेकी हुन् ।
सम्मान पत्रमा सम्मानित समाज सेवी मणी नेपाली पनेरु “लायन अफ द डिकेड (दशाब्दी पुरुष) सर्टिफिकेट सहित प्रेसिडेन्ट अवार्डबाट सम्मानित हुनु भएकोमा हार्दिक वधाई ज्ञापन गर्दछौं उल्लेख छ । सम्मान पत्रमा ‘लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको चार्टर सेक्रेटरीबाट सुरु गरी क्लबको २००८ –२००९ का अध्यक्षको हैसियतले पुर्‍याउनु भएको सेवा अतुलनिय भएको समाजलाइ अवगत नै छ । लायन एअर २०१४–२०१५ को डिस्ट्रिक्ट ४सी३ को जोन चेयर समेत नियुक्त भई लायन्स क्लबको डिस्ट्रिक्ट क्याबिनेटमा खाता खोलेर ईतिहास रच्नु भएको छ’, उल्लेख छ ।
पनेरुलाई सम्मान गर्दै सापकोटाले लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको स्थापना र बिकासमा पनेरुको अग्रणी भूमिका रहेको र उनको योगदानको कदर गर्दै सम्मान गरिएको बताइन । प्रेसिडेन्ट सापकोटाले भनिन –‘ यो सम्मान प्रदान गरेर उहाँ प्रतिपूर्ण न्याय गर्नु भएकोमा हामी, परिवार तथा हाम्रा सम्पूर्ण इस्टमित्रहरु समेत उहाँप्रति आभारी रहेका छौ। सबैका आदरयणीय र प्रिय व्यक्तित्व मणी नेपाली पनेरुलाई पुन वधाई दिँदै उहाँको दिर्घायु, सुस्वास्थ्य र सुखद भविष्यको कामना गर्दछौँ।’
सो समारोहमा डिस्ट्रिक्ट ४सी३ का गर्भनर लायन ड्युक, पूर्व गर्भनरहरु लायन लिन्डा ग्रिफिन, राम श्रेष्ठ, राजेन थापा, पूर्व गभरनर तथा काउन्सिल चेयर डेनिस ग्रोट्रियन, सेकेन्ड भाईस डिस्ट्रिक्ट गर्भनर जेम्स भर्गिजलगायत सो क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती थियो । पनेरुले यसअघि अमेरिकी राष्ट्रपतिबाट प्रेसिडेन्ट भोलान्टियर अवार्ड (२०१६स्वर्ण) नेपालबाट समाजसेवा पुरस्कार, शान्ति पुरस्कार, राष्ट्रिय गौरव सम्मान प्राप्त गरिसकेका छन् । त्यसै गरी अमेरिकाको एटलान्टाबाट आउट स्ट्यान्डिङ कम्युनिटी सर्भिस अवार्ड, ओरेगनबाट वाना पायनिअर अवार्ड, क्यालिफोर्निया बाट लाइफ टाइम अचिभमेन्ट अवार्डलगायत महत्वपूर्ण अवार्डहरु प्राप्त गरिसकेका छन् । उनी र उनको बारेमा नेप्लिज ‘हु इज हु इन युएसए’ मा समेत पढन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु