डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

एसिसी यू–१९ एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ४, बुधबार २०:३०

काठमाडौँ–यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् ।
त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ । राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । असार महीनामा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु