डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ४, बुधबार २०:३३

काठमाडौं। बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित किशोर राना मगरको बुधबार निदान हस्पिटलमा निधन भएको हो । उनको बिहीबार वा शुक्रबार मात्र अन्त्येष्टि हुने जानकारी प्राप्त भएको छ । मृगौलामा समस्या देखा परे पछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । भने त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । उनले विगत ६ वर्षदेखि नियमित डाइलिसिस गर्दै आएका थिए ।

सीमारेखा , करोडपति ,  राँको ,एक नम्बरको पाखे  जस्ता सफल फिल्म निर्देशन गरेका उनको फिल्म प्रतिबिम्ब निर्माणको समय देखि नै स्वास्थ्यमा समस्या देखा परेको थियो । २०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका उनले फिल्म राँकोबाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । उनकी श्रीमती गायिका संगीता राना प्रधान हुन् ।

श्राेतः filmyfanda.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु