शुक्रवारबाट महिला चेम्बरको तीज व्यापार मेला शुरु हुदै, महिला उद्यमीले उत्पादन गरेका सामाग्री प्रदर्शन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ५ गते, बिहीबार ०६:५५

काठमाडौं–०५ भाद्र – नेपाल महिला चेम्बरद्धारा ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ आयोजना गर्ने भएको छ । जमलस्थित नेपाल चेम्बर भवनमा भदौ ६ र ७ गते आयोजना हुने सो मेलाको तयारी पूरा भएको चेम्बरले जनाएको छ ।

मेलामा यो वर्ष काठमाडौंका महिलाद्धारा प्रर्बद्धित ५० फर्म÷कम्पनी, संघ–संस्थाहरूको स्टल राखिने छ । उक्त मेला ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महिला उद्यमी व्यवसायीहरूद्वारा उत्पादित सिर्जनात्मक उत्पादन र सेवा प्रदर्शन गर्ने अवसरका रुपमा गत वर्ष देखि मेला आयोजना गरिँदै आएको हो ।

मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्न नेपाल महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले जानकारी गराईन ।

नेपाली वस्तु प्रयोगको लागि अभियानको रुपमा तीज व्यापार मेला गर्न लागिएको हुँदा नेपाली वस्तुको प्रयोग र प्रबद्र्धनका लागि मेला केन्द्रीत रहेको महिला चेम्बरले जनाएको छ ।

मेलाको उदघाटन सत्रमा पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश प्रमुख अनुराधा कोइराला, निर्माता, निर्देशक एंव लोक प्रिय कलाकार दिपाश्री निरौंला लगाएको उपस्थित हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु