स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

२०७६ साल भदौ ५ गते बिहीबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ५, बिहीबार ०७:०३

वि.सं. २०७६ भदौ ५। बिहीबार। इ.स. २०१९ अगस्ट २२। भाद्र कृष्णपक्ष। सप्तमी, २७ः१७ उप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। पहिलेको सफलताले भने हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ भने गरेका कामबाट पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। कर्मक्षेत्रका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्ला। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु