स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

फेकनको फुटसल भोलिबाट, जापानको टोली घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ५, बिहीबार १३:०१

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) ले भदौ ६ र ७ गते फुटसल प्रतियोगिता गर्ने भएको छ । फेकनका सहकोषाध्यक्ष तथा टुर्नामेन्टका सह संयोजक अनिल शर्मा पौडेलले कार्यक्रमको तयारी भइसकेको बताए ।

प्रतियोगितामा फेकनसँग आबद्ध कन्सल्टेन्सी र यसमा कार्यरत कर्मचारीहरु सहभागी हुने जनाइएको छ । वालुवाटारमा हुने प्रतियोगीतामा १० देखि १२ वटा समूहको सहभागिता हुने आयोजकले जनाएको छ ।
फेकन अध्यक्ष युवराज कटुवालले व्यवसायीहरुबीच आपसी समझदारी कायम गर्ने र एक आपसमा सहकार्य र सहयोग गरेर जाने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए । अध्यक्ष कटुवालले सबै व्यवसायीहरुबीचको एकता अहिलेको आवश्यकता भएकाले आफूहरुबीच देखिएको मनमुटाव र असझदारी पनि यो कार्यक्रमबाट अन्त्य हुने दाबी गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ मेडल र ट्रफि, द्वितीय हुनेलाई ३० हजार रुपैयाँ मेडल र ट्रफि, तृतीय हुनेलाई २० हजार रुपैयाँ मेडल र ट्रफि पुरस्कार दिइनेछ । त्यसैगरी बेष्ट प्लेयर र हाई स्कोररलाई पनि पाँच हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ । फेकन फुटसल टुर्नामेन्ट–२०१९ नाम दिईएको यो प्रतियोगीतामा सहभागीका लागि आयोजकले सम्बन्धित सबैलाई आग्रह गरिसकेको छ ।

जापान विभाग प्रमुख समेत रहेका फेकनका सहकोषाध्यक्ष तथा टुर्नामेन्टका सह संयोजक अनिल शर्मा पौडेलले टुर्नामेन्टले यो व्यवसायमा एउटा सकारात्मक सन्देश छोड्ने दाबी गरेका छन् ।

कार्यसमिति सदस्य समेत रहेका कार्यक्रमका संयोजक तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख उमेश कुशवारले आगामी दिनमा पनि व्यवसायीका पक्षमा यस्तैखाले कार्यक्रम गर्दै जाने बताए । उनले फेकन सामाजिक संस्था पनि भएको र समाजमा आइपरेका हरेक दुःखमा सहभागी भएर राहत र उद्धारको काममा लागि परेको बताए । टुर्नामेन्टमा कार्यसमिति सदस्य हेमन्तराज दुलाल र बालकृष्ण विष्ट पनि सदस्य रहेका छन् । आयोजकले प्रतियोगितका लागि ६ देखि साढे ६ लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरेको छ ।

विद्यार्थी जापान पठाउने कन्सल्टेन्सीहरुले यसअघि नै आफ्नो टिम घोषणा गरेका छन् । हेमन्तराज दुलाल टिम म्यानेजर, विश्व पराजुली कोच, अनिल शर्मा पौड्याल क्याप्टेन र अर्जुन बस्नेत सह क्याप्टेन रहेका छन् । यो टीमबाट डीडास योकोसो, असाही, स्काई लाइन, स्पेसल, मिन्ना नो वकाबा, वल्र्ड ब्रिज, माउन्टेन फुजी र डाइमण्डले खेल्ने छन् । यो समूहलाई सार्थक इन्भेष्टमेन्ट कम्पनी प्रालिका निर्देशक कोषराज गिरीले प्रायोजन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु