काठमाडौं, ०५ भाद्र – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । नेपाल भारत परराष्ट्रमन्त्री स्तरिय संयुक्त आयोगको बैठकमा भाग लिन आएका जयशंकरले राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता गरेका हुन् ।
उनले यसअघि पशुपतिनाथ मन्दिरमा पूजा गरेका थिए । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका छन् । पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिनाथको दर्शन गरेका थिए । उनले झण्डै आधा घण्टा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
त्यसपछि डा. ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए । उनी आजै दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । उनले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।