काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी थाई एयरको विमान मार्फत सिंगापुर प्रस्थान गरेका हुन् ।
उनको स्वास्थ परीक्षणमा संलग्न चिकित्सकको सुझाव अनुसार थप परीक्षणका लागि प्रधानमन्त्री पुन त्यसतर्फ गएका हुन् ।प्रधानमन्त्री ओलीले गत साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते काठमाडौं फर्केका थिए ।
पछिल्लो समय प्रधानमन्त्रीको एकदशक अघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएको बताइएको छ । चिकित्सकहरुले उनलाई मृगौला पुन प्रत्यारोपण गर्ने सुझाव समेत दिएका छन् । उनी भदौ २० गते स्वदेश फर्किने तालिका छ ।