२०७६ साल भदौ ६ गते शुक्रबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ६ गते, शुक्रबार ०८:०३

वि.सं. २०७६ भदौ ६। शुक्रबार। इ.स. २०१९ अगस्ट २३। ने.सं. ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। अष्टमी, २७ः२० उप्रान्त नवमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर काम सुरु गर्दा फाइदा हुनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादले व्यर्थैमा मानहानि गराउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरू जुट्नाले चिताएको काम छिटै सम्पादन हुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिनाले काममा पछि परिनेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। लगानीतर्फ लागत बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा विशेष सजगता अपनाउनुहोला। बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ। ईर्ष्यालु मन भएकाहरूले अवरोध पुर्याउन सक्छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु