तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रद्धारा अपाङ्गता मैत्री तालिम सामाग्री हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ६, शुक्रबार ०८:२३

६, भदौ २०७६ शर्मिला विश्वकर्मा, काठमाण्डौं

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक पुष्कर कार्कीलाई अपाङ्गतामैत्री तालिम पाठ्यक्रम सामाग्री हस्तान्तरण गरियो । सो कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेँडाईले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु समावेश गर्नका लागि अनुरोध गरिएको पत्र पढेर सुनाउदै उक्त पत्रका साथ अपाङ्गता मैत्री तालिम पाठ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरुसँग वृहत छलफल गरी आवश्यक सल्लाह सुझाव अनुरुप अपाङ्गता मैत्री तालिम पाठ्यक्रम सामाग्री निर्माण गरिएको बताउनु भयो । सोही क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा.विरेन्द्रराज पोखरेलले अपाङ्गता मैत्री तालिम पाठ्यक्रममा समावेश गरिएका सामाग्रीहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका तालिमहरुमा समावेश गर्नको लागि आग्रह गर्नु भयो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले यस्ता तालिमहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवाल समावेश गर्ने र अपाङ्गताको विषयमा जानकारी दिने कार्यक्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक पुष्कर कार्कीले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले उपलब्ध गराएको अपाङ्गता मैत्री तालिम पाठ्यक्रम सामाग्रीमा समावेश गरिएका अपाङ्गता भएका व्यक्तिहरुका विषयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिममा समावेश गर्ने बताउनु भयो । सोही क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गर्ने क्रममा राष्ट्रिय न्यायिक प्रतिष्ठानका तत्कालिन कायम मुकायम कार्यकारी निर्देशक माननिय श्रीमान विनोद शर्माको संयोजकत्व, डि.एस.पि. प्रकाश मल्लको सह-संयोजकत्व तथा कानून विदहरु, अपाङ्गता अधिकारकर्मीहरु सहितको कार्यदल मार्फत अपाङ्गता मैत्री पाठ्य सामाग्री तालिम पाठ्यक्रम सामाग्री बनाइएको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु