• टान को ४१ औं साधारण सभामा निर्वाचन सम्बन्धी कार्यक्रम सार्बजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १९:५९

    काठमाडौ ।ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान), केन्द्रीय कार्यकारीणी समितिका सम्पूर्ण पदको (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष, सहकोषाध्यक्ष र नौ सदस्य (एक महिला सहित) पदको लागि मिति २०७६।०५।२० मा हुने निर्वाचनका सम्बन्धमा निम्नानुसारका कार्यक्रम प्रकाशित गरिएको छ ।

    क) निर्वाचन हुने पद : – ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान), केन्द्रीय कार्यकारीणी समितिका सम्पूर्ण पद (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषध्यक्ष र (एक महिला सहित)नौ सदस्य) ।
    ख) मतदाताको नामावली प्रकाशन मिति : – २०७६।०५।१४ गते ११: ०० बजे ।
    ग) मतदाता नामावलीमा दावीविरोध मितिः– २०७६।०५।१५ गते, अपरान्ह ३: ०० बजेसम्म ।
    घ) दावीविरोध पछिको अन्तिम नामावली प्रकाशन मिति र समय : –२०७६।०५।१५ गते, ५: ०० बजे ।
    ङ) उमेदवारकालागि दरखास्त मिति र समयः–२०७६।०५।१६ गते, बिहान १०: ०० बजेदेखि २: ०० बजेसम्म । (उमेदवारीका दरखास्त साथ दखिला हुनु पर्ने शुल्क अध्यक्ष्ँ रु.६०,०००।– अक्षेरुपी साठी हजार,पदाधिकारीहरू सबै रु ४०,०००।– अक्षेरुपी चालिस हजार रुपैया र सदस्यहरु सबै रु २५,०००।– अक्षेरुपी चालिस हजार रुपैया फिर्ता नहुने)
    च) उमेदवारहरुको नामावली प्रकाशन मिति र समय : – २०७६।०५।१६ गते, अपरान्ह ५: ०० बजे
    छ) उमेदवारीको दरखास्तमा दावी विरोधको मिति र समय : – २०७६।०५।१७ गते, १.०० बजेसम्म
    ज) उमेदवारहरुको दावीविरोध उपर निर्वाचन समितिले निर्णय गरी दोश्रो नामावली प्रकाशन मिति र समय : – २०७६।०५।१७ गते, २: ०० बजेसम्म ।
    झ) उमेदवारले नाम फिर्ता लिने मिति र समयः– २०७६।०५।१७ गते, अपरान्ह ४ बजेसम्म
    ञ) उमेदवारको अन्तिम नामावली प्रकाशन मिति र समय : – २०७६।०५।१७ गते, अपरान्ह ५: ०० बजे सम्म
    ट) मतदान मिति, समय र स्थान : – २०७६।०५। २० गते, अपरान्ह १: ०० बजे देखि ५: ०० बजे सम्म, साधारण सभा स्थल होटेल,सोल्टी क्राउन प्लाजा,तहाचाल,काठमाण्डौ ।
    ठ) मतगणना मिति र समय : – २०७६।०५।२० गते मतदान समाप्त भएपछि ।
    ड) निर्वाचन परिणाम : – मतगणना समाप्त भएपछि ।
    ढ) निर्विरोध भएमा : – निर्विरोध निर्वा्चित भएमा अन्य कार्यक्रम बिना नै घोषणा गरिनेछ ।
    ण) उमेदवार हुन वान्छनिय योग्यता : – ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) को सदस्य ऐजेन्सीको संचालक समितिमा रहेका व्यक्तिले मात्र संघको निर्वाचनमा मतदानमा भाग लिन वा उम्मेदवार हुनको लागि योग्य हुनेछन । साथै एउटा बार्षिक साधारण सभामा भाग लिएको सदस्यले मात्र उम्मेदवार हुन पाउने छ ।
    त) मतदाता हुन वान्छनिय योग्यता : –ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) को सदस्य भएको ६ महिना पुरा गरेको हुनु पर्नेछ ।
    थ) मिति २०७६।०५।१८ गते सम्म चुनाव प्रचार प्रसार गर्न पाउनेछ । मिति २०७६।०५।१९ गते बाट मौन अवाधि शुरु हुनेछ र सो दिन चुनाव प्रचार प्रसार गर्न पाउने छैन ।
    द) साधारण सभाको उदघाटन शत्र अवाधिभर साधारण सभा र निर्वाचन गर्ने हल बहिर चुनाव प्रचार प्रसार गर्न पाउने छैन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु