वि.सं. २०७६ भदौ ८। आइतबार। इ.स. २०१९ अगस्ट २५। भाद्र कृष्णपक्ष। दशमी, २५ः५९ उप्रान्त एकादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर समयमा जागरुक नबन्दा पछि परिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च बढ्नुका साथै अर्थअभावले सताउनेछ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावित छ। दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थिति केही अनुकूल बन्नेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही अवसर देखिए पनि मनोरञ्जनमा अलमलिँदा काम रोकिनेछ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। तापनि स्रोतसाधन जुट्नाले काम बन्नेछ। लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ। बलभन्दा बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन्। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। वैधानिक प्रावधानले पनि समस्या निम्त्याउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
धेरै लाभ नभए पनि केही समस्या सुल्झाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। दिउँसोदेखि स्वास्थ्य कमजोर हुनाले योजना अधुरो रहने देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन सम्बन्धी हिसाबमा होसियार रहनुहोला। अग्रजहरूको सहयोगले केही काम गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला।