• सुन-चाँदी को भाउ बढ्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार १५:३५

    काठमाडौं – आइतबार नेपाली बजारमा सुनको भाउ पुनः सोच्नै नसकिने गरि महङ्गीएको छ । साताको पहिलो दिन आइतबार एकैदिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तैगरी आइतबार छापावाल सुन प्रतितोला ७२ हजार २ सय तथा चाँदी ८५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भाउ हालसम्मकै उच्च हो। शुक्रबार प्रतितोला तेजावी सुन ७१ हजार तथा चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो ।

    विश्व बजारमा सुनको भाउ बढेको र डलरको भाउ पनि उच्च रहकाले नेपालमा पनि सुनको भाउ बढेको हो । आज अमेरिकी डलरको भाउ १ सय १४ रुपैयाँ ९६ पैसा रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु