फिल्म “पासवर्ड” को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ८, आईतवार १९:१९

काठमाण्डौं ।  फिल्म “पासवर्ड” को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ । प्रेम र एक्सन समावेश गरिएको उक्त ट्रेलरमा नायक अनुप बिक्रम शाही , बुद्धि तामाङ र रविन्द्र झालाई फरक अवतारमा फिर्चड गरिएको छ ।

सबै पात्र एक पासवर्डको पछि लागेको ट्रेलरमा पासवर्डको खोजी गरिरहेको देख्न सकिन्छ । यस अघि फिल्म युनिटले बलिउड चर्चित नायिका सन्नी लियोनी फिर्चड “आजको साम” बोलको आइटम गीत सार्वजनिक गरिसकेका छन् । गीतले युट्युबमा दर्शकको राम्रो साथ पाईरहेको छ ।

https://youtu.be/YhLZUCtn7Ls

फिल्ममा नायक अनुप बिक्रम शाही , नायिका छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई बिक्रम जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । अजित कुमार थापा सह- निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता रहेका छन् ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सौरभ लामाको छायाँकन रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्म भदौ २७ गतेबाट रिलिज हुँदै छ ।

श्राेतः filmyfanda.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु