‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल ‘साहो’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार १९:२३

काठमाण्डौं ।  साउथ इन्डियन फिल्मका सुपरस्टार प्रभास ‘बाहुबली–२’ रिलिज भएको २ वर्षपछि एक्शन थ्रिलर फिल्म ‘साहो’ मा देखिँदै छन् । उक्त मल्टिस्टारर फिल्म बहु प्रतिक्षिति फिल्म बनेको छ । फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलिज हुँदै छ । भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलिज हुनेछ ।

यो भन्दा पहिले ‘बाहुबली–२’ राज्यका ५२५ वटा स्क्रिनमा मात्रै रिलिज भएको थियो । यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । जसले पनि ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको छ । राजामौलीको फिल्म ‘बाहुबली–२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो । फल्म ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलिज गरिनेछ ।

श्राेतः filmyfanda.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु