पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

कप्तान कोहली र रहानेकाे शतकीय साझेदारी सँगै भारतकाे वेस्टइन्डिज सँगकाे पहिलो टेस्टमा २६० रनको अग्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ८ गते, आईतवार १९:११

काठमाण्डौं । कप्तान कोहली र रहानेले शतकीय साझेदारीले भारत पहिलो टेस्टमा मजबुत स्थितिमा पुगेको छ। एन्टीगुवामा जारि टेस्टको तेश्रो दिनको खेल सकिदा भारतले २६० रनको अग्रता लिएको छ।टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २९७ रन बनाएको थियो। त्यसपछि वेस्टइन्डिजले पहिलो इनिंगमा २२२ रन बनाएपछि भारतले ७५ रनको अग्रता लिएको थियो। त्यसपछि तेश्रो दिन ब्याटिंग सुरु गरेको भारतले दिनको समाप्तिमा ३ विकेट गुमाएर १८५ रन बनाएको ।

बिराट कोहली ५१ तथा अजिंके रहाने ५३ रन बनाएर अविजित रहेका छन्। यस अघि ओपनर केएल राहुल ३८, मायाँक अग्रावाल १६ तथा चेतेश्वर पुजारा २५ रन बनाएर आउट भएका छन ।वेस्टइन्डिजको बलिङ्गमा रोस्टन चेजले २ विकेट लिए जुन क्रममा राहुल र अग्रवालको विकेट लिए। रोचले १ विकेट लिने क्रममा पुजाराको विकेट लिए ।यस अघि वेस्टइन्डिजले तेश्रो दिन पहिलो सत्रमा सबै विकेट गुमाएर २२२ रन मात्र बनाउन सकेको थियो। उसको लागि रोस्टन चेजले सर्वाधिक ४८, कप्तान जेसन होल्डरले ३९, शिमरन हेटमायरले ३५ रन बनाए।

भारतको बलिंगमा इशान्त शर्माले ५ विकेट ( १७.५.४३.५ )लिए। वेस्टइन्डिजमा शर्माले ५ विकेट लिएको यो तेश्रो पटक हो। उनले टेस्टमा ५ विकेट लिएको यो नवौं पटक हो। यस क्रममा इशान्तले ब्राथवेट, चेज, होप, हेटमायर र रोचको विकेट लिए। मोहम्मद शामी र रभिन्द्र जडेजाले समान २–२ विकेट लिए भने जस्प्रित बुम्राहले १ विकेट लिए।यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २९७ रन बनाएको थियो। अजिंके रहानेले सर्वाधिक ८१ रन बनाए भने रभिन्द्र जडेजाले ५८, केएल राहुलले ४४ रन बनाएका थिए।वेस्ट इन्डिजको बलिंगमा केमर रोचले सर्वाधिक ४ विकेट ( २५.६.६६.४ )तथा शानोन ग्याब्रीयल ( २२.५.७१.३ ) ३ विकेट लिए। यस्तै रोस्टन चेजले २ विकेट ( १६.३.५८.२ )लिएका थिए।यसै टुर अन्तर्गत भारतले टि–२० सिरिज ३–० ले तथा एकदिवसीयको सिरिज २–० ले जितेको थियो।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु