• गायक सञ्जय बडाल र गायिका राधिका हमालको “हे बरै” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार १५:१०

    काठमाडौ ।गायक सञ्जय बडाल र गायिका राधिका हमालको “हे बरै” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई हस्ती मस्ती इन्टरटेन्मेन्टको युटयुबबाट सार्वजनिक गरिएको छ । बीबी थापाको शब्द रहेको उक्त गीतमा मनोज चौलागाईको संगीत तथा एरेंज रहेको छ । माया पिरती र जवानीको भाव समावेश गरिएको उक्त गीतमा मायालुसँग जोडी मिलाएर बस्ने र टाढा नजाने कुरा गरिएको छ ।इशा नेपाल र नवराज पौड्यालको अभिनय रहेको उक्त गीतको भिडियो मुकेश हुमागाईले छायाँकन गरेका हुन् । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई माया प्रेमका कुरा गर्दै देख्न सकिन्छ । आशिष नेपालको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रकाश एस.के.ले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु